७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिले देउवा र ओली नेतृत्वको सरकारलाई २ फरक चस्माले हेरेको प्रवक्ता शर्माको भनाई


विश्वप्रकाश शर्मा

८ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति कार्यालयले देउवा नेतृत्वको सरकार र ओली नेतृत्वको सरकारलाई २ किसिमको चस्माले हेरेको प्रतिक्रिया दिएको छ । राष्ट्रियसभामा अघिल्लो सिफारिस गरेका ३ जनाको नाम स्वीकृत नगरि ओली नेतृत्वको सकारले सिफारिस गरेका नाम स्वीकृत गरेपछि यस्तो प्रतिक्रिया दिएको हो ।

मंगलबार कांग्रेस प्रवक्ता शर्माले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राष्ट्रपति कार्यालय जस्तो संस्थालाई विवादित पार्ने गरी निर्णय भएको प्रतिक्रिया दिएका हुन् । उनले सरकारको निर्णयले एउटै संविधान आधा सक्रिय र आधा निस्क्रिय भएको आरोप लगाए ।

‘संविधानको धारा ८६ उपधार २ को ‘क’ले ५६ जनाको निर्वाचनसम्वन्धी व्यवस्था गरेको छ, ‘ख’ले ३ जना मनोनीतको व्यवस्था गरेको छ । ‘क’लाई एउटा सरकारको नेतृत्वमा र ‘ख’ अर्को सरकारको नेतृत्वमा हुन्छ’ शर्माले भने एउटै संविधान आधा सक्रिय र आधा निस्कृय गराएर हेर्न कसरी मिल्छ ।’

प्रवक्ता शर्माले राष्ट्रपतिसँग नाम सिफारिस गरेपछि यस्तो निर्णय हुन्छ भनेर पहिले प्रतिवाद गर्न नसक्ने अवस्थामा कांग्रेस रहेकोले स्वीकृति गरेपछि आपत्ती जनाएको समेत बताएका छन् । राष्ट्रपतिको स्वीकृति संविधानको मर्म र भावनाविपरित भएको उनले बताए ।

कांग्रेस प्रवक्ता शर्माले वर्तमान सरकारले लोकतन्त्रको खिल्ली उडाएको आरोप समेत लगाए । यसैवीच कांग्रेसले पत्रकार सम्मेलन नै गरेर सरकारको आलोचना गरेको छ । प्रवक्ता शर्माले सुरुवाती निर्णयले नै प्रतिपक्षसँग दूरी बढाएको बताए । उनले प्रतिपक्षलाई भन्दा सरकारलाई प्रतिपक्षको सहयोग जरुरी पर्ने बताए ।

उनले भने, ‘सरकारलाई प्रतिपक्षको साथ नचाहिने हो भने बेग्लै कुरा हो, नत्र प्रतिपक्षलाई भन्दा सत्तापक्षलाई प्रतिपक्षको सहयोगको आवश्यकता पर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !