८ बैशाख २०८१, शनिबार

एमाले र माओवादीको निर्णय : राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने, सभामुखमा महरालाई ग्रीन सिग्नल, ओनसरी घर्ति अप्शनमा


ministers

८ फागुन, काठमाण्डौ । नेकपा एमाले र माओादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याउने सहमति गरेका छन् । पार्टी एकतापछि आजदेखि दुई पार्टी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख र उपसभामुख चयनमा लाग्ने छन् ।

माओवादी केन्द्का नेता बर्षान पुन अनन्तले राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने जानकारी दिए । उनका अनुसार त्यसमा सहमति भइसकेको छ ।

सभामुखमा माओवादीवाट ओनसरी घर्ती दोहोर्याउने वा कृष्णबहादुर महरालाई पठाउने भन्नेमा छलफल चलिरहेको छ । महराको सम्भावना बढी छ । ‘राष्ट्रपतिमा विद्या भण्डारी र उपराष्ट्रपतिा पुनलाई नै दोहोर्याषउने सहमति भएको छ’ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !