१३ बैशाख २०८१, बिहिबार

निर्वाचन परिणाम बुझाउनासाथ राजीनामा दिने तयारीमा प्रधानमन्त्री देउवा 


Sher Bahadur Deuwa

२ फागुन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बाेधन गरी बुधबार राजीनामा दिने तयारी गरेका छन् । ‘प्रधानमन्त्री देउवाले बुधबार वा बिहीबार राजनीनामा दिनुहुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकको सूची राष्ट्रपतिलाई बुझाएलगत्तै राजीनामा दिने तयारी छ ।’

निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको समानुपातिक तर्फ निर्वाचित सदस्यको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ।  यो प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !