१२ बैशाख २०८१, बुधबार

एमाले र माओवादीवीच पार्टी संयोजनको बैठक आज बस्दै


emale and maaovadi

२ फागुन, काठमाण्डौ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी एकता र सरकार गठनका विषयमा निर्णय गर्न दिउँसो २ बजे संयोजन समितिको बैठक बस्न लागेको हो ।

बैठकवाट नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबीको निर्णय गर्ने सम्भावना रहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । ‘टुंगो लागिसकेको त होइन तर आज त्यो निर्णय हुन्छ होला, निर्वाचन आयोगले आज राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाए आजै प्रधानमन्त्रीमा दाबी गर्ने सम्भावना छ,’ ज्ञवालीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !