१२ बैशाख २०८१, बुधबार

बादललाई राष्ट्रियसभामा पठाउने तयारी, नारायणकाजी चुनाव नलड्ने !


रामबहादुर थापा

८ माघ, काठमाण्डौ  । माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ । वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको मागमा परेको छ ।

माओवादी नेताहरुका अनुसार त्यही सिटमा वादललाई पठाउने तयारी भइरहेको नेताहरुले बताए । अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा मात्र होइन, एमाले र माओवादी शीर्ष नेताहरु रहेको पार्टी एकता संयोजन समितिमा नै श्रेष्ठलाई राष्ट्रियसभामा जाने प्रस्ताव गरेका छन् । तर, गोरखा २ मा प्रत्यक्ष चुनाव लडेका श्रेष्ठ रष्ट्रियसभाको चुनाव नलड्ने मुडमा देखिएको नेताहरुले बताए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !