६ बैशाख २०८१, बिहिबार

अब १९२ देशका प्रहरी सिलवालको खोजीमा


Nabaraj-silwal-Dig

८ माघ, काठमाण्डौ । नेकपा एमालेका ललितपुर क्षेत्र नम्बर १ वाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल विरुद्ध डिफ्युजन नोटिस (इन्टरपोल मार्फत पक्राउ गर्ने सूचना) जारी गरिएको छ । प्रहरी प्रमुख आइजिपी बन्नका लागि कार्य सम्पादन मूल्यांकन (कासमु) किर्ते गरेको अभियोगमा छानविनका लागि बोलाउँदा नआएको र खोजी गर्दासमेत नभेटिएपछि सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी भएको उच्च प्रहरी स्रोतले बताएको छ ।

इन्टरपोल मार्फत खोजी गर्न डिफ्युजन नोटिस जारी गरिएको प्रहरी स्रोतले बताएको छ । उच्च प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा नेपाल प्रहरीले सिलवालको नाममा डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्नेछन् भने कतिपय देशले पक्राउसमेत गर्न सक्ने प्रहरीले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !