१२ बैशाख २०८१, बुधबार

प्रदेश नम्बर ५ को अस्थायी सभामुख बलदेव शर्माको यस्तो छ राजनीतिक अनुभव


baladev sharma

७ माघ, रुपन्देही । १९९५ माघ १९ मा जन्मिएका बलदेव शर्मा प्रदेश नम्बर पाँचको अस्थायी सभामुख बनेका छन् । ६८ जना सांसद्मध्येका जेष्ठ सांसद शर्माले आइतबार बिहान प्रदेश प्रमुख उमाकान्त झावाट शपथ लिए ।

शपथ लिएलगत्तै उनले प्रदेश सांसदहरुलाई शपथ गराएका थिए । रुपन्देही तिलोत्तमा १८ का बासिन्दा शर्माले संस्कृत साहित्यमा मध्यमा गरेका छन् ।
राजनीतिक अनुभव
२०११ सालमा संस्कृत छात्र संघमा सक्रिय
२०१२ मा नेपाल छात्र संघमा सक्रिय
२०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय
२०१५ मा आम निर्वाचनमा प्युठान जिल्लामा संगठन विस्तार र प्रचारप्रसारमा खटिएको
२०१७ मा तत्कालीन राजा महेन्द्रको कदमको विरोध गर्दा ३ वर्ष जेल यातना
२०२४ मा नेपाली कांग्रेस रुपन्देहीको सचिव २०३८ सालसम्म
२०३६ को जनमत संग्रहमा सक्रिय रही रुपन्देही बहुदल जिताउन सक्रिय
२०४२ को सत्याग्रहमा ४ महिना जेल यातना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !