७ बैशाख २०८१, शुक्रबार

प्रदेश नं ५ को प्रमुख झाले पदभार सम्हाले


umakanta jha

७ माघ, बुटवल । उमाकान्त झाले प्रदेश नं ५ को प्रदेश प्रमुख पदभार ग्रहण गरेका छन् । रूपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रदेश प्रमुखको रुपमा काम गर्ने जिम्मेवारी दिएकोमा सरकारप्रति आभार व्यक्त गरे । पदभार ग्रहण लगतै उनले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललार्इ सपथ गराउनेछन् । बाँकी प्रदेशसभा सदस्यहरूलार्इ भने पोखरेलले सपथ गराउने छन् । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !