१२ बैशाख २०८१, बुधबार

पार्टी एकताको विरोध गर्नुको कुनै औचित्य छैनः प्रचण्ड


prachanda प्रचण्ड

६ माघ, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी-एमाले एकताको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् । प्रचण्डले जनसांस्कृतिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अब एमाले र माओवादी अलगअलग पार्टी हुनुको कुनै कारण नभएको बताए ।

‘हामीले ८/१० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौं’ उनले भने, ‘उहाँहरुले पनि त्यही भन्नुभएको छ । समान राजनीतिक कार्यदिशा भएपछि अलग-अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’ वैचारिक विषयमा छलफल सुरु भएको भन्दै उनले अहिलेसम्म माओवादीले माओवाद र एमालेले जनताको बहुदलीय जनवाद नछाडेको बताए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !