७ बैशाख २०८१, शुक्रबार

कारबाहीको धम्की नदिन देउवालाई सिंहको चेतावनी


prakashman sing

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अनुशासन कारबाहीको धम्की नदिन पार्टी सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सिंहले देउवाको चर्को आलोचना गरे ।

बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीमा मनपरी गरेको र २/४ जना नेतालाई लिएर हिँडेको आरोप लगाए । सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोहोर्यातउने केन्द्रीय कार्यसमितिको निर्णय भएपछि त्यसलाई उल्लंघन गरेको उनको आरोप छ ।

सिंहले देउवालाई आफू गल्ती गर्ने अनि अरुलाई अनुशासनको कारबाहीको धम्की दिने भनेका छन् । ‘पार्टी बैठकमा, बाहिर कस्तो बोल्यो भनेर अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ उनले भनेका छन्, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं । तपाईदेखि डराउने कुनै छैन ।’

अनुशासनको कारबाहीको धम्की दिँदैमा कसैको आवाज बन्द नहुने भन्दै उनले देखेको कुरा बोल्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !