७ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगले राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान


निर्वाचन आयोग

५ माघ, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेसलाई (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाललाई (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिन्ह प्रदान गरेको छ ।

त्यस्तै नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर किसान पार्टीलाई (मादल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई (दापसहितको खुकुरी), बहुजन शक्ति पार्टीलाई (जग), नेपाल परिवार दललाई (साँचो), राष्ट्रिय जनमोर्चालाई (गिलास), नेपाल नौलो जनवादी पार्टीलाई (चुच्चोले चिट्ठी बोकेको परेवा) चिन्ह दिइएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र हलो) विवेकशील साझा पार्टीलाई (तराजु), नयाँ शक्ति पार्टी नेपाललाई (देब्रे आँखा), नेपाल दलित पार्टीलाई(इनार) राष्ट्रिय प्रजातन्त्र पार्टीलाई (गाई), बहुजन समाज पार्टी नेपाललाई (जिराफ), गान्धीवादी पार्टी नेपाललाई (भेडा), नेपाली जनता दललाई (गोरुगाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवारलाई (षटकोण) चुनाव चिन्हवाट दिइएको निर्वाचन आयोगको सुचनामा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !