१२ बैशाख २०८१, बुधबार

गिरीले गरे केन्द्रीय समिति बैठक बहिष्कार


dipak giri

४ माघ, काठमाण्डौ । नेपाली कांग्रेमा प्रदेश राजधानीको विषयमा किचलो सुरु भएको छ । केन्द्रीय सदस्य दीपक गिरीले पाँच नम्बर प्रदेशको राजधानी दाङ नबनाएको भन्दै बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा नेता गिरीले प्रदेश राजधानीबारे आफ्नो असन्तुष्टी राखेका थिए । उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले मनाउन खोजेपनि आफू विश्वस्त नभएकोले बैठक बहिष्कार गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !