७ बैशाख २०८१, शुक्रबार

एमालेले चुनाव हारेकालाई राष्ट्रियसभा सदस्य नबनाउने


emale party

२८ पुस, काठमाण्डौ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव हारेका तथा समानुपातिकको बन्द सूचीमा भएकाहरुलाई नेकपा एमालेले राष्ट्रियसभा सदस्य नबनाउने भएको छ । एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ ।

जसमा ‘स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नभएका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका’ भनिएको छ । माघ ५ गतेभित्र एमालेले उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !