८ बैशाख २०८१, शनिबार

उद्योग मन्त्री सुनिल बहादुर थापाको प्रस्तावमा छिन्ताङमा मारिएका १६ जना शहिद घोषणा


Chintang Kand छिन्ताङ कान्ड

पुष २८, काठमाडौं । उद्योग मन्त्री सुनिल बहादुर थापाको प्रस्तावमा सरकारले छिन्ताङ कान्डमा मारिएका १६ जना र माओवादी द्वन्द्वकालमा  मारिएका ५ जना गरी जम्मा २१ जनालाई शहिद घोषणा गरेर न्याय दिएको छ । मन्त्रीपरिषद्को शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो ।

२०३७ साल कार्तिक २७ गते धनकुटा जिल्लाको तत्कालिन छिन्ताङ गा.वि.स. वडा नं. १ मा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने भन्दै प्रहरीले गोली चलाउँदा १६ जनाको मृत्यु भएको सर्वविदितै छ ।

तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापालाई बामपन्थीहरुले सो घटनाको आरोप लगाउँदै आएका भएपनि उहाँकै सुपुत्र उद्योग मन्त्री थापाको विशेष पहल र प्रस्तावमा शुक्रबार सरकारले मृतकहरुलाई शहिद घोषणा गरेको हो ।

४ पटकसम्म कम्युनिष्ट प्रधानमन्त्री भएर सरकार बनेर सो घटना भएको ३७ बर्ष वितिसक्दा पनि उक्त हत्या काण्डका मृतकहरुलाई शहिद घोषणा गर्न सकेको थिएन तर कम्युनिष्टहरुले  सँधै शहिदहरुको नाममा चुनावी नारामा मात्रै सीमित राख्दै आएका थिए भन्ने धारणा धनकुटाबासी राप्रपा प्रजातान्त्रिकका कार्यकर्ताको रहेको छ ।

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले शहिद घोषणा गरेपछि न्याय पाएको अनुभुति गरेको कुरा शहीदका पीडित आफन्तहरुले  बताएका छन् ।

घोषणा हुने शहीदहरुको नामकरण यस प्रकार छ :

सरकारले घोषणा गरेको शहीदहरुको सूचीमा परेका १६ जनामा छिन्ताङ काण्डमा सरकारद्वारा मारिएका यस प्रकार छन् :
१. गोपाल आनन्द राई
२. गंगाबहादुर तुपि्रहाङ राई
३. भैरबबहादुर खालिङ
४. बलबहादुर खत्री
५. पुत्रमान राई
६. टंकबहादुर विश्वकर्मा
७. रणध्वज पुमा राई
८. गणेशबहादुर बिश्वकर्मा
९. हाङ्खिमा साईली
१०. झगेन्द्र राई
११. धनवीर दर्जी
१२. चन्द्रबहादुर दमाई
१३. रामकुमारी राई
१४. गम्भीरमान दर्जी
१५. केशरमान राई
१६. लाखमान साधु राई

त्यसैगरी मन्त्री थापाको प्रस्तावमा माओवादी द्वन्द्वकालमा मारिएका ५ जना गरी शहीद घोषणा गरिएका राप्रपाका ५ कार्यकर्ताहरु यस प्रकार छन् :
१. गोविन्द वालिङ राई
२. गंगा जोशी
३. रामजी थापा
४. दीपक दाहाल
५. राजन भट्टराई

मन्त्री थापाले शहिद घोषणा गरिदिन प्रस्ताव गरिएकाहरुको नामावली यस प्रकार छ :

name of martyr


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !