७ बैशाख २०८१, शुक्रबार

भारतमा प्रधानन्यायाधीश विरुद्ध पत्रकार सम्मेलन


bharat patrakar sammelan

२८ पुस, काठमाण्डौ । भारतमा सर्वोच्च अदालतका चार न्यायाधीश प्रधानन्यायाधीश विरुद्ध उभिएका छन् । पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले धारणा सार्वजनिक गरेको भारतको न्यायिक इतिहासमा पहिलो हो ।

न्यायाधीशहरु जे चेलमेश्वर, रञ्नज गोगोई, मदन लोकुर र करियन जोसेफ प्रधानन्यायाधीश विरुद्ध उभिएका हुन् । उनीहरुले पत्रकार सम्मेलन गरेर दीपक मिश्रमाथि महाअभियोग लगाउने नलगाउने देशले निर्णय गर्ने बेला आएको बताएका हुन् ।

दीपक मिश्र वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बनेका हुन् । १३ महिनाको कार्यकाल पुरा गरेर उनी २ अक्टोबर २०१८ मा रिटायर हुनेछन् ।
चार न्यायाधीशले महत्वपूर्ण मुद्दा हेर्न आफूहरु भन्दा कनिष्ठलाई दिएको असन्तुष्टि जनाउँदै दुई महिना अघि प्रधानन्यायाधीशलाई पत्र लेखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !