६ बैशाख २०८१, बिहिबार

डा. अग्रवाल भन्छन्ः म नै डीन हूँ


doctor aagrawal

२८ पुस, काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा चार दिनका लागि पुनर्वहाली गरेका डा. शशी शर्माले बिहीबारवाट अवकाश पाएका छन् । सर्वोच्च अदालतवाट डीन बनेका शर्माको अवकाशसँगै आईओएमको डीन को भन्ने बहस सुरु भएको छ ।

त्रिभुवन विश्व विद्यालयले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । तर, डीन पद रिक्त रहने बताएको छ । डा. गोविन्द केसीको अनसनद्धारा आईओएमको डीनमा नियुक्त भएका डा. जगदीश अग्रवालले शर्माको अवकाश लिएसँगै आफू नै डीन रहेको दाबी गरेकाछन् ।

शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि नै डा. गोविन्द केसीले आमरण अनसन थालेका थिए । त्यही क्रममा उनीविरुद्ध अदालतको अवहेलनाको मुद्दा लाग्यो भने उनी पक्राउ पनि परे । तर, उनको माग अनुसार प्रधानन्यायाधीश गोपाल पराजुली पनि न्यायिक छानविनको दायरमा आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !