७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र ओलीद्वारा कार्यदललाई काम सुरू गर्न निर्देशन


communist party meeting

२६ पुस, काठमाण्डौ । संयुक्त कार्यदललाई काम अघि बढाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यष प्रचण्डले निर्देशन दिएका छन् । राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्वयले निर्देशन दिएका हुन् ।

अध्यक्षद्वय ओली र प्रचण्डक्षसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बुधबार बालकोटमा बसेको थियो । बैठकमा अध्यक्षद्वयले कार्यदलले काम गर्ने कार्यबिधि र कार्यदेशका बारेमा दिशानिर्देश समेत गरेका थिए । कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !