८ बैशाख २०८१, शनिबार

झापा ५ मा केपी शर्मा ओली रेकर्ड बनाउदै सर्वाधिक मतले विजयी


KP Sharma Oli

२४ मंसीर, झापा । झापा क्षेत्र नं. ५ बाट नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ओलीले ५७१३९ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८२५७ मत ल्याउनुभयो ।

उहाँले २८८८२ दोब्बर मतको अन्तरले अधिकारीलाई पराजित गर्नु भएको हो । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मतमध्ये ओलीको मत सर्वाधिक हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !