८ बैशाख २०८१, शनिबार

लोकतन्त्रलाई संस्थागत विकास गर्ने काम अब एमाले र माओवादीको : एमाले अध्यक्ष


oli

१७ मंसिर, इटहरी । दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनका लागि ‘अध्यक्ष ओलीले शनिबार सुनसरी क्षेत्र नं. ३ स्तरीय चुनाबी सभालाई सम्बोधन गदै कांग्रेसप्रति लक्षित गर्दै भने, ‘कांग्रेसलाई यसपटक सानो–सानो बट्टामा राख्दैछौं ।’ कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भएको बताए।

‘कांग्रेले अब बहुमत पनि ल्याउन सक्दैन सरकार पनि बनाउन सक्दैन,’ उनले जिकिर गरे, ‘लोकतन्त्रलाई संस्थागत विकास गर्ने काम अब एमाले र माओवादीको हो ।’ उनले दरबार बुझाउनेले लोकतन्त्रको पाठ सिकाउनुको औचित्य नभएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बेठीक गर्ने तत्वलाई ठीक पर्ने चेतावनी दिएका छन् । उनले राजाले गल्ती गरेकैले गर्दा टिपेर मिल्काई दिएको बताउँदै अरुले गल्ती गरेमा टिपेर मिल्काउन गाह्रो नभएको बताए ।

‘२०४६ सालको जनआन्दोलनमा लण्डनका गल्लीमा हुनेले लोकतन्त्र सिकाउने,’ ओलीले प्रश्न गरे । उनले राजनीति देश विकासको निम्ति हुनुपर्ने बताए । ‘राजनीति गरिबी र अस्थीरता हटाउन हो । बेइमानी गर्न, आफन्त र परिवारका सदस्यलाई अघि बढाउन होइन,’ उनले भने।
नेता ओलीले प्रहरी–प्रशासनलाई संविधान र कानुन अनुसार चल्न आग्रह गरे ।

‘प्रहरी–प्रशासन दलको नभएर संविधान र कानुनको शपथ खाने भएकाले गर्दा न्याय दिनु काम हो,’ उनले भने, ‘यदि संविधान र कानुन विपरीत काम प्रहरी–प्रशासनबाट भए त्यो अपराध हुन्छ । चुनाब निष्पक्ष गर्न भूमिका खेल्नुहोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !