१२ बैशाख २०८१, बुधबार

देशलाई अस्थिरतामा लैजाने प्रचण्डले चितवनबाट चुनाब हार्नुपर्छ : बिक्रम पाण्डे


bikram pandey

६ मंसिर, चितवन। नेपाल सरकारका वन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डेले देशलाई स्थिरतातर्फ लैजाने हो भने माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट हराउनु पर्ने बताउनु भएको छ । मन्त्री पाण्डेले देशलाई अस्थिरतामा धकेल्ने गरेका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले यस पटक निर्बाचन जितेर गए देशमा स्थिरता नआउने बताउनु भएको छ । चुनाबी दौडाहाका क्रममा चितवनमा रहनु भएका पाण्डेले बुधबार भरतपुर १९ मा रहेको बखान गुठीलेआयोजना गरेका एक कार्यक्रममा देशलाई अस्थिरतामा लैजाने मुख्य जड भनेको माओबादी केन्द्र भएको बताउनु भयो । उहाँले जब जब सरकार निर्माण गर्ने बेला हुन्छ तब तब माओबादीलाई भ्रष्टाचार गर्ने मन्त्रालय चाहिने बताउदै देशलाई अस्थिरतामा लैजाने मुख्य जिम्मेबार प्रचण्ड भएको आरोप लगाउनु भयो ।

मन्त्री पाण्डेले देशले गति लिन खोज्दा अस्थिरताको बाटोमा प्रचण्डले पटक पटक धकेलेको बताउदै अबको चुनाबमा जनताहरुले प्रचण्डलाई हराउनु पर्ने बताउनु भएको हो । मन्त्री पाण्डेले बिश्कै फरक खालको देश नेपाललाई अब आँफुले स्विजरल्याण्ड र सिंगापुर नभई सुन्दर नेपाल बनाउने बताउनु भयो । राप्रापा प्रजातान्त्रिकका उपाध्यक्ष समेत रहेका पाण्डेले बिदेसिएका युवा दिन दिनै बाकसमा फर्केर आउने मुख्य कारण अस्थिरता निमताउने मोओबादी केन्द्र भएको दाबी गर्नु भयो । उहाँले आँफु राजनैतिक प्रतिस्प्रधाको निम्ती नभई बिकाशको प्रतिस्प्रधाकोलागीे उम्मेद्धवारी भएको बताउनु भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !