१३ बैशाख २०८१, बिहिबार

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले


raprapa-flag

कार्तिक २४, कास्की | पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम रहने जनाएको छ ।पार्टी जिल्ला कमिटी कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि आफनो उम्मेदवार फिर्ता नहुने जानकारी दिएको हो ।
आफनो पार्टी कांग्रेससंगको भद्र सहमती अनुसार सरकारमा गएको र निर्वाचन सफल बनाउन समेत सहयोग गरेको भन्दै कास्की अध्यक्ष जयलाल पुनले आउँदो मंसिर २१ गते हुने निर्वाचनमा केन्द्रको लागि ७ र प्रदेशका लागि २७ सिट छाड्ने सहमती भएको बताए ।अन्त्यमा कांग्रेसले केन्द्र तथा प्रदेशमा ४/४ गरि जम्मा ८ सिटमात्र आफनो पार्टीलाई छाडेकाले कास्की जिल्लासगै देशभर पाटीको उपस्थिती कमजोर हुने र समानुपातिकका लागि मत माग्न समेत कठिनाइ हुने देखेपछि कास्कीमा आफनो उम्मेदवारी कायम रहने बताए ।
केन्द्र तथा प्रदेशमा ४/४ गरि जम्मा ८ सिटमात्र पार्टीले लिएर अगाडि बढेको खण्डमा राष्ट्रिय पार्टी बन्न तथा केन्द्रमा ३ र प्रदेशमा १.५ प्रतिशत थेस्र होल्ड मत प्राप्त गर्न कठिनाइ हुने बताउँदै अध्यक्ष पुनले प्रजातान्त्रि गठबन्धका नाममा कांग्रेससंग सति जाने कुरा भएन भन्दै कास्कीमा आफनो पार्टीको उम्मेदवारहरुको उम्मेदवारी कायम रहने बताए ।कास्कीका ३ केन्द्रीय सभाका लागि उम्मेदवारी नदिएको राप्रपाले प्रदेशका ६ मध्ये ६ वटैमा उम्मेदवारी दिएको भएपनि कास्की क्षेत्र नम्बर १ ख का उम्मेदवारले नाम फित्र्ता लिएपछि अन्य ५ जना उम्मेदवारहरु कायम रहेका छन् ।
उनले कास्कीमा केन्द्रको निर्देशन बमोजिम केन्द्रका लागि उम्मेदवारी नदिएको र प्रदेशसभाका लागि कांग्रेस कास्कीसँग आपसी छलफल हुँदा कुनै पनि क्षेत्रमा समन्वय हुन नसकेपछि आफुहरु धेरै सोच बिचारका साथ चुनावी मैदानमा होमिन बाध्य भएको पुुनको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !