१२ बैशाख २०८१, बुधबार

वाम गठबन्धन र नेपाली कांग्रेसको घोषणापत्र सार्बजनिक , यस्ता छन् अन्तर


congress-bam-gathabandhan-different

कार्तिक २२, काठमाडौँ | ‘बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान !’ अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि सारेका थिए । २६ वर्षअघि सारिएका कतिपय यस्ता नारा राजनीतिक दलको चुनावी घोषणामा सीमित बने । अहिले पनि दलहरूले त्यही नाराको आधारभूत अन्तरवस्तुलाई नै फरक शब्दजालमा पस्किएर चुनावी नारा बनाइरहेका छन् ।

निर्वाचनको सम्मुखमा घोषणा गरिने दलहरूको चुनावी घोषणापत्रमा त्यस्तै नारा समेटिएका छन् । मुख्यगरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले-माओवादीको नेतृत्वको वाम गठबन्धनका चुनावी घोषणापत्रमा धेरैजसो विषय पुरानै योजना समेटिएका छन् । पछिल्लो १० वर्षमा १० वटा सरकार बने । सरकारमा कांग्रेस, एमाले र माओवादी मुख्य दलका नेताले नै नेतृत्व गर्ने र सरकारमा सहभागी हुने अवसर पनि पाए । तैपनि, आधारभूत अधिकारमा गुणात्मक फड्को जनताले महसुस गर्न पाइरहेका छैनन्।

अस्थिर राजनीतिका कारण कुनै पनि सरकारले लगातार दुई वर्षसम्म काम गर्न नपाएको कारण योजना कार्यान्वयन गराउन नसकेको नेताले बताउने गरेका छन् । यसले गर्दा पनि विगतका आफ्नै योजना दलहरूले सम्झेको देखिँदैन ।निर्वाचनको मुखमा अहिले पनि दलहरूले महत्र्वाकांक्षी योजना अगाडि सारेका छन् । नारा निकै आकर्षक र सजिसजावटयुक्त छन् । तीमध्ये प्रमुख यस्ता छन् ।

तीन वर्षमा विद्युतीय साधन !
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा यो विषयमा प्रमुखतासाथ उठाएका छन् ।वाम गठबन्धनले आगामी ३ वर्षभित्र काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीसाधन मात्र उपयोग गर्ने गरी कार्ययोजना अगाडि सारेको छ ।
कांग्रेसले पनि यो योजनालाई घोषणापत्रमा छुटाएको छैन । उसले पनि पर्यटकीय सहरमा शतप्रतिशत र अन्यमा बहुसंख्यक सवारीसाधन १० वर्षभित्र सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ । कृषि नीति, सामन्ती भूस्वामित्वको अन्त्य, पूर्वाधार विकास, कृषि, सिँचाइ, उद्योगजस्ता विषयमा दलले निकै महत्र्वाकांक्षी योजना अगाडि सारेका छन्।

कुन दलका कस्ता योजना ?

राजनीतिक पार्टी र प्रवृत्ति

वाम गठबन्धन
राष्ट्रिय राजनीति दुई प्रवृत्तिमा ध्रुवीकृत । एउटा प्रवृत्तिको नेतृत्व माओवादी केन्द्रसहित एमालेले र अर्को प्रवृत्तिको कांग्रेसले नेतृत्व । कांग्रेस नेतृत्वको धार सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौतापरस्त र आत्मसमर्पणवादी, मूल चरित्र कम्युनिस्टविरोधी, श्रमजीवी जनताविरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरूप परिभाषित गर्ने खालको छ ।

कांग्रेस
एमाले राष्ट्रिय एकता र समृद्धिको बाधक पार्टी । प्रतिस्पर्धी पार्टीप्रति निरन्तर असहिष्णु र आक्रामक । माओवादी केन्द्र अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्तिको पार्टी ।
आधारभूत लोकतान्त्रिक मूल्य-मान्यता र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य बोकेको गठबन्धन । यसले संघीय समावेशी लोकतन्त्रको आधारभूत संरचना र अधिकार भत्काउने र अपहृत गर्ने नियत बोकेको।

अन्तर्राष्ट्रिय सम्बन्ध

वाम गठबन्धन
राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्रराष्ट्रसँग संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तअनुरूप सुमधुर सम्बन्ध कायम गर्ने, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गरिने, हीनताबोध र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गर्ने ।

सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि-सम्झौताको पुनरवलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गरिने ।

कांग्रेस
छिमेकी मुलुकसँग राष्ट्रिय पुनर्जागरण र नयाँ अन्तर्राष्ट्रिय पहिचानका लागि भरपर्दाे मित्र र सहयोगी । दुवै मुलुकसँग मैत्रीपूर्ण र सम्मानजनक सम्बन्ध, लगानी र व्यापारमा विस्तार, ऊर्जा, पर्यटन, यातायात र सञ्चारको बाधारहित सञ्जालका माध्यमबाट नेपालको समृद्धि र पुनर्जागरणको युग प्रारम्भ गराउने संकल्प ।

आर्थिक वृद्धि

वाम गठबन्धन
५ वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्यायउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्या्उने ।

कांग्रेस
५ वर्षभित्र नेपाली अर्थतन्त्रको आकार प्रचलित मूल्यमा ५० खर्ब र प्रतिव्यक्ति औसत वार्षिक आय १ लाख ५० हजार रुपैयाँभन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने ।

कल्याणकारी राज्य र सामाजिक सुरक्षा

वाम गठबन्धन
सामाजिक सुरक्षाभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याकउने, ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने, ज्येष्ठ नागरिकलाई निःशुल्क वि श्राम, अध्ययन, खेलकुद र मनोरञ्जनको सुविधा उपलब्ध गराउने, सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ साताको सुत्केरी बिदा दिइने, गाउँ-सहरमा सहकारी घर-घरमा रोजगारी सिर्जना गरिने, देशभित्रै उच्च रोजगारी सिर्जना गरी गरिबी र पछौटेपना हटाउने ।

कांग्रेस
आगामी १० वर्षमा पर्यटन क्षेत्रमा देशभित्रै लाखौं रोजगारीको अवसर सिर्जना गर्ने, गरिबका लागि सय दिनको रोजगारीको ग्यारेन्टी गर्ने, युवा जनशक्तिलाई उपयोग गर्दै राष्ट्रिय पुनर्जागरणको नयाँ युग सुरु गर्ने, ‘एक परिवार-एक रोजगार, युवाको लक्ष्य-सीप र दक्ष’ जस्ता नीति र कार्यक्रमलाई अभियानका रूपमा स्थानीय सरकारका माध्यमबाट अगाडि बढाउने, १० वर्षभित्र गरिबीलाई ३ प्रतिशतमा झारिने, युवा स्वयंसेवा र बेरोजगार भत्ताको व्यवस्था गरिने ।

आधुनिक राजधानी

वाम गठबन्धन
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई एकीकृत सहरका रूपमा विकास गर्ने र सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमुना बनाइने, टिस्टुङ, कुलेखानी, बैरेनी र नौबिसे, त्रिशूली उपत्यका, मेलम्ची, इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेंसी, बनेपा, धुलिखेल र पनौतीसहित समावेश गरी बृहत्तर राजधानी उपसहर क्षेत्रमा विकास गर्ने ।

कांग्रेस
काठमाडैाँ उपत्यकालाई स्वच्छ, सुरक्षित, सुव्यवस्थित, सुन्दर र समृद्ध राष्ट्रिय राजधानी बनाउन सडक विस्तारका लागि कम्तीमा ३ अर्ब प्रतिवर्ष लगानी गरिने, प्रत्येक घरमा निरन्तर खानेपानीको आपूर्ति सुनिश्चित गर्ने, नुवाकोटको विदुर, धादिङको गजुरी, काभ्रेको बनेपा-धुलिखेल-पनौती र मकवानपुरको हेटैाँडालाई काठमाडौं उपत्यकासँग द्रुतमार्गले जोडी काठमाडौंको स्याटेलाइट सहरका रूपमा विकास गरिने ।

सक्षम प्रदेश : अधिकारसम्पन्न स्थानीय सरकार

वाम गठबन्धन
आगामी पाँच वर्षसम्म प्रदेश र स्थानीय तहमा पूर्वाधार विकासका लागि राष्ट्रिय राजस्वको ५० प्रतिशत हिस्सा उपलब्ध गराइने, प्रत्येक प्रदेशमा न्यूनतम एक विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक महाविद्यालय सञ्चालन गरिने |

कांग्रेस
प्रादेशिक राजधानी तय हुने स्थानमा योजनाबद्ध सहरी पूर्वाधार विकास गरी आधुनिक सहर निर्माण गरी निश्चित विशेषतायुक्त आर्थिक इकाइका रूपमा विकास गरिने, स्थानीय तहका भाषा, साहित्य, कला, संस्कृति, दर्शन, इतिहास, गीत, संगीत आदिको उत्थान एवं प्रवद्र्धन गर्न प्रत्येक प्रदेशमा प्रज्ञा-प्रतिष्ठान गठन गरिने ।

आगामी १० वर्षभित्र मुख्य १० काम

वाम गठबन्धन
-कृषि उत्पादकत्व दोब्बर
– प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर
– नेपाललाई रसायन र विषादीमुक्त (अर्गानिक) मुलुक घोषणा
– १५ हजार मेगावाट विद्युत् उत्पादन
– ठूला जलविद्युत् परियोजना कार्यान्वयन
– भूपरिवेष्ठित मुलुकको अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन
– अहिलेसम्म निर्माण भएका सबै सडक निर्माण सम्पन्न
– ५० लाख पर्यटक पुर्याैउन प्रचारप्रसार, बजार प्रवद्र्धन, पूर्वाधार निर्माण
– १० लाखलाई रोजगारी दिन उद्योग स्थापना
– विसं २०९९) सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने

कांग्रेस
– फराकिलो आर्थिक वृद्धि हासिल गरी अर्थतन्त्रको आकार १०० खर्ब हाराहारीमा पुर्या उने
– लाखौंलाई रोजगारी
– वार्षिक १ खर्बदेखि ५ खर्ब बराबरको विदेशी प्रत्यक्ष लगानी भित्र्याउने
– कुपोषण र भोकमरी निर्मूल
– अनौपचारिक क्षेत्रका श्रमिकलाई निवृत्तिभरणको व्यवस्था
– १५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन
– स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र
– काठमाडौं-मधेस एक्सप्रेस-वेलगायत ४ देखि ६ लेनका १०० किमिभन्दा बढी दु्रतमार्ग
– ५०० किमिभन्दा बढी रेल्वे लाइन
– ५० हजारभन्दा बढी किमि कालोपत्रे सडक सञ्जाल
– ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण
– प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटक नेपाल भित्र्याउने
– ५० लाख नेपालीलाई पर्यटन उद्योगमा रोजगारी
– १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ
– प्रमुख तरकारी र खाद्यान्नमा नेपाल आत्मनिर्भर
– ७५ प्रतिशत जनतालाई आधुनिक सहरमा बसोवास
– लोकतन्त्रको जगमा समावेशी, न्यायपूर्ण, भ्रष्टाचाररहित शासन व्यवस्था

आजको अन्नपूर्ण पोस्टमा खबर छ | 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !