८ बैशाख २०८१, शनिबार

उपेन्द्र यादबका बागीले उम्मेदवारी फिर्ता लिएनन्, समर्थन गर्नेलाई कडा कारवाही


कात्तिक १९, सप्तरी । सप्तरी जिल्लाको क्षेत्र नम्बर २ मा मधेसी गठबन्धनबाट उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी फिर्ताका लागि नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरे पनि उनले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान लिएका थिए । राजपाका महासचिव मनिष सुमनबिरुद्ध बागी उम्मेदवारी दिएका लक्ष्मण यादवले भने नाम फिर्ता लिएका छन् । सुमन प्रदेश सभा २ को ख बाट उम्मेदवार बनेका छन् ।
यता, राजपा नेपाल र संघीय समाजवादी फोरमले बागी उम्मेदवारलाई समर्थन गर्नेलाईसमेत कार्वाहीको गर्ने चेतावनी दिएको छ । बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई समर्थन गर्न दिएको निर्देशन पालना नगर्नेको साधारण सदस्य नै खारेज गर्ने चेतावनी दुबै दलले दिएको हो । दुई दलीय गठबन्धनको निर्णयविरुद्ध जाने बागीलाई समथर्न गर्नेलाई पनि अनुशासनको कार्वाही हुने चेतावनी दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !