१२ बैशाख २०८१, बुधबार

देउवाले वाम गठबन्धनविरुद्ध ‘अनर्गल’ प्रचार गरेकामा दया लाग्यो : ओली


कात्तिक १७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा राज्य शक्तिको दुरुपयोग भए त्यो सरकारका लागि महँगो सावित हुने चेतावनी दिएका छन् ।

बिहीबार झापा सदरमुकाम चन्द्रगढीमा आयोजित सभामा ओलीले भयरहित र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्वप्रति सरकार सचेत नभए त्यसको परिणाम घातक हुने टिप्पणी गरे ।
नेपाली कांग्रेस अझैपनि निर्वाचनबाट भाग्न खोजिरहेको आरोप लगाउँदै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनविरुद्ध ‘अनर्गल’ प्रचार गरेकामा दया लागेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !