राजनीति

  • किन धेरै लोकप्रिय छन् राज्यमन्त्री शम्भुलाल श्रेष्ठ सर्लाहीमा ?

    किन धेरै लोकप्रिय छन् राज्यमन्त्री शम्भुलाल श्रेष्ठ सर्लाहीमा ?

    ८  मंसिर, काठमाडौँ । ३० बर्षदेखि शम्भुलाल श्रेष्ठले सामाजिक काम गर्नुका साथै स्थानीय तहको गाउँ बिकासको अध्यक्ष, सहकारीको अध्यक्ष, पार्टीको जिल्ला कमिटिको सचीव भई काम गरी  स्थानीय जनता, पार्टीका कार्यकर्ता, प्रतिष्ठित व्यक्ति, गरीव, निमुखा सबैको सेवा गरी एउटा सफल समाजसेवी नेताको रुपमा परिचित हुनुहुन्छ । उर्जा राज्यमन्त्री हुँदा पनि उहाँले जिल्लामा ग्रामिण विधुतीकरण र अन्य बिधुतका धेरै योजनाहरु […]

  • Sunil Bahadur Thapa

    धनकुटामा मन्त्री थापालाई लक्षित गरी बम विष्फोट

    ८  मंसिर, धनकुटा । उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनील बहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ । आज शुक्रबार धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान साँढे ७ बजेतिर बम विष्फोट गराएको छ । राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका मन्त्री थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै […]

  • राजपाको घोषणापत्र : के छन त मुख्य एेजेन्डा

    ८ मंसिर, । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ । मधेश, थरुहट तथा पहिचान र अधिकारका लागि […]

  • bikram pandey

    देशलाई अस्थिरतामा लैजाने प्रचण्डले चितवनबाट चुनाब हार्नुपर्छ : बिक्रम पाण्डे

    ६ मंसिर, चितवन। नेपाल सरकारका वन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डेले देशलाई स्थिरतातर्फ लैजाने हो भने माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट हराउनु पर्ने बताउनु भएको छ । मन्त्री पाण्डेले देशलाई अस्थिरतामा धकेल्ने गरेका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले यस पटक निर्बाचन जितेर गए देशमा स्थिरता नआउने बताउनु भएको छ । चुनाबी दौडाहाका क्रममा चितवनमा रहनु […]

  • पूर्वविद्यार्थी नेताबीच प्रतिष्ठाको लडाईं: कास्की–२

    ६, मंसिर: पोखरा । कास्की–२ मा यस पटक दुई पूर्व बिद्यार्थी नेताहरु प्रतिष्ठाको लडाईं लड्दैछन् । एमाले उम्मेदवार रविन्द्र अधिकारी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् भने कांग्रेस उम्मेदवार देवराज चालिसे पहिलो पटक सांसद बन्ने रणनीतिमा छन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर अधिकारी धेरैको नजरमा परे । गायक प्रवीण गुरुङ हत्याकाण्डमा […]

  • kp-oli

    ग्रेटर चितवन बनाउने-एमाले अध्यक्ष केपी शर्मा ओली

    ६ मंसिर,:- चितवनमा सम्पन्न संयुक्त वाम गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताएका छन्। संयुक्त वाम गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताए। उनले कम्युनिष्ट सरकार बन्नेभयो भनेर नआत्तिन कांग्रेसलाई […]

  • चुनाव नजिकिदै गर्दा बम बिस्फोटका धटना तीव्र

    ५ मंसिर, बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले […]

  • booth capture

    २०४८ सालदेखि निरन्तर बुथकब्जा हुँदै आएको दोलखामा रोकिएला बुथकब्जा ?

    मंसिर ४, २०७४-निर्वाचन मिति नजिकिँदै गर्दा दोलखामा मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढेको छ । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले एकअर्कालाई बुथकब्जा गर्न सक्ने आरोप लगाउँदै मतदाता सुरक्षाप्रति चिन्ता जनाएका छन् । उनीहरू भन्छन्, ‘बुथकब्जा भएन भने मै चुनाव जित्छु ।’ सुन्दै अचम्म लाग्छ, २०४८ सालदेखि नै दोलखामा बुथकब्जाको क्रमभंग भएको छैन । कांग्रेस, एमाले […]

  • भारतसँगको सम्बन्ध कांग्रेसले विगारेको ओलीको आरोप

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले भारतसँगको सम्बन्ध विगारेको आरोप लगाएका छन् । सोमबार मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भारतसँग स्वाभिमानका साथ अगाडि बढ्नु पर्नेमा नेपाली कांग्रेसले अनावश्यक रुपमा भारतसँग घुँडा टेकेर लम्पसार परेको आरोप लगाए । उनले छिमेकीसँग वराबरीको सम्बन्ध राख्नुपर्नेमा जोड दिए । पूर्व गृहराज्यमन्त्रीसहित कांग्रेस विराटनगरका […]

  • प्रकाश दाहालको निधन

    काठमाडौँ, ३ मङि्सर २०७४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। ५:३० मा अस्पताल पुर्‍याउँदा मुटु बन्द भएको ४-५ घन्टा भइसकेको थियो। यसको कारण हृदयघात वा अन्यकारण पनि हुनसक्छ,’ संलग्न डाक्टर  भने। गम्भीर […]

  • ram chandra paudel

    रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार

    काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमाथि तनहुँको भानुमा कुकर बम प्रहार भएको छ। गोर्खामा प्रचारको कार्यक्रम सकेर तनहुँ फर्किँदै गर्दा पौडेललाई लक्षित गरी प्रहार गरिएको हो। ‘चुनावमा हतोत्साही भएकाहरुले आक्रमण गरेका हुन्,’ पौडेलले घटनालगत्तै प्रतिक्रिया दिँदै भने, ‘यस्तो अतातायी घटना लोकतन्त्र कमजोर बनाउनका लागि भएको हो।’ आज ३ बजेको समयमा पौडेललाई लक्षित […]

  • narayan-kaji-shrestha

    नारायणकाजी श्रेष्ठलाई लक्षित गरी गोरखामा बम प्रहार

    ३० कात्तिक, गोरखा नगरपालिका–१० मा बम विस्फोटन गराइएको छ । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइएको हो । चुनावी घरदैलो कार्यक्रम गर्ने क्रममा पुन त्यहाँ पुगेका थिए। बम विस्फोट गराइएपनि कुनै भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । […]

  • Amar Singh Pun

    सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम बिष्फोट

    रोल्पा – सिंचाई राज्यमन्त्री तथा कांगेसका प्रतिनिधि सभा उमेदवार अमर सिंह पुन चढेको गाडीमा बम बिष्फोट गराईएको छ। सदरमुकाम हुँदै जौलिपोखरीको सभामा भाग लिन हिँडेका पुनको गाडीमा घोडागाउँमा बम बिष्फोट गराइएको हो। बम बिष्फोटलगत्तै नागरिकन्युजसँग प्रतिक्रिया दिँदै राज्यमन्त्री पुनले भने,‘जसले गराएको भए पनि यो काम राम्रो होइन। यस्ता गतिविधि तुरुन्तै बन्द गरिनुपर्छ,’ उनले थपे,‘बम बिष्फोट […]

  • sher badhur deuwa

    सात पटकसम्म प्रधानमन्त्री हुने प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र इच्छा

    ३० कात्तिक, धनगढी ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि आफू फेरि प्रधानमन्त्री हुने बताएका छन्। नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कांग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने आफू मात्रै भएको बताए। उनले भने,‘ कांग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन्।’ विपक्षी नेताहरुले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् […]

  • oli-and-prachanda

    देउवाले आफुखुशी निर्णय गरे, पछि बन्ने आफ्नो सरकारले एकमुष्ट बदर गर्ने ओलीको चेतावनी

    काठमाडौँ, २९ कात्तिक (रासस): एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आफुखुशी निर्णय गरेमा पछि बन्ने सरकारले एकमुष्ट बदर गराउने चेतावनी दिनुभयो । उहाँले वर्तमान सरकार चुनावी र कामचलाउ भएकाले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नराख्ने दाबी गर्नुभयो । ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने मनसायले यस्ता गतिविधि भएको […]