११ बैशाख २०८१, मंगलबार

कास्कीका स्थानीय तहमा ९८ करोड बजेट निकासा


भाद्र २१, काठमाडौँ | कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्ता रु ९८ करोड २० लाख ६९ हजार निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालकाअनुसार पोखरा–लेखनाथ महानगरपालिकाको लागि रु ६० करोड ९७ लाख ७६ हजार निकासा भएको छ ।

त्यस्तै रुपा गाउँपालिकामा रु ६ करोड ९७ लाख १५ हजार, माछापुछ्रे गाउँपालिकामा रु १० करोड २१ हजार ८४ हजार, मादी गाउँपालिकामा रु १० करोड ७४ लाख २७ हजार र अन्नपूर्ण गाउँपालिकामा रु नौ करोड ३१ लाख ६६ हजार निकासा भएको छ ।

निकासा भएको बजेट चालु आर्थिक वर्ष २०७४-७५ को एक तिहाइ हो । चालु आवका लागि पोखरा–लेखनाथ महानगरपालिकामा रु एक अर्ब ८२ करोड ५७ लाख २९ हजार, अन्नपूर्ण गाउँपालिकामा रु २७ करोड ९५ लाख, माछापुछ्रेगाउँपालिकामा रु ३० करोड ६५ लाख ५३ हजार, मार्दी गाउँपालिकामा रु ३२ करोड २२ लाख ८५ हजार र रुपा गाउँपालिकामा रु २० करोड ९१ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकामा वाणिज्य बैक नभएकका कारण कार्यालयले सबै तहको बजेट राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा स्थानीय तहका खाता खोली बजेट निकासा गरिदिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !