१३ बैशाख २०८१, बिहिबार

साउनदेखि सवारी दुर्घटना बिमावापत् ५ लाख क्षतिपूर्ति


Car Accident Attorney Car Accident Attorney

बिमा समितिले आगामी साउन १ गतेदेखि यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा सुरक्षाकर्मीको सवारी दुर्घटनाबाट मृत्यु भएमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बिमाङ्क कायम हुने व्यवस्था गरेको छ।

‘मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३’ जारी गर्दै बिमा समितिले यस्तो व्यवस्था गरेको हो।

यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवस्था थियो। सवारी भित्र रहेका मानिसले ज्यान गुमाए १ लाख रुपैयाँ तर सवारीको ठक्करबाट ज्यान गुमाउनले भने ५ लाख रुपैयाँ पाउने व्यवस्था थियो।

अहिलेको निर्देशिका मार्फत् भने सवारी भित्र वा सवारी ठक्करको कारण बाहिर ज्यान गुमाउने दुवैले एकै खालको रकम पाउने व्यवस्था गरिएको छ।

त्यस्तै सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्कको सीमा तीन लाख रुपैयाँ कायम गरेको बिमा समितिले जनाएको छ।

मोटरसाइकलको हकमा एक चालक र एक यात्रुको प्रतिव्यक्ति पाँच लाख रुपैयाँको दुर्घटना बिमा हुने र तीन लाख रुपैयाँसम्मको प्रतिव्यक्ति औषधी उपचारको सीमा हुने समेत व्यवस्था गरिएको बिमा समितिका निर्देशक राजु रमण पौडेलले जानकारी दिएका छन्।

उनले भने, ‘समय सापेक्षरुपमा रकम वृद्धि गर्नुपर्ने भएकाले सवारी दुर्घटनामा पहिलेको व्यवस्थाअनुसारको १ लाख रुपैयाँलाई बढाएर ५ लाख पुर्याएका हौँ।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले यात्रा गर्ने प्रत्येक यात्रुको तोकिएको रकमको बिमा गराउन पर्ने व्यवस्था छ।

साथै उक्त ऐनमा सवारी दुर्घटनाबाट यात्रुको अंगभंग भएमा बिमाको रकम उक्त व्यक्तिले नै पाउने र मृत्यु भएमा उक्त व्यक्तिकोे नजिकको हकवालाले पाउने व्यवस्था छ।

साउन १ गतेपछि यो व्यवस्था कार्यान्वयनमा आउने भएपनि यसभन्दा अघि बिमा गरेकाले भने थप शुल्क तिरी नयाँ स्कीम अन्र्तगत आउन पर्नेछ। यस सम्बन्धमा बिमा समितिले एक सुचना जारी गरेको छ।

सुचनामा ‘श्रावण १ पश्चात् पनि निरन्तर रहने बिमा लेखहरुको सन्दर्भमा बीमकले श्रावण मसान्तसम्मको मोहल्लत अवधि भित्र दावी परे नयाँ व्यवस्था अनुसारको थप बिमा शुल्क लिई स्वतः नयाँ सीमा अन्तर्गत बिमा दावी फछ्र्याैट गर्ने ब्यवस्था गरिएको छ। तर मोहल्लत अवधि पश्चात पनि चालु रहेको बिमालेखमा बीमितले बीमक समक्ष संशोधन बमोजिमको ब्यवस्था थप गर्न नआएमा मिति २०७३ श्रावण १ गते भन्दा अघि चालु भएको बिमा लेखमा बीमकको दायित्व पुरानै व्यवस्था अनुसार हुनेछ।’ भनेर उल्लेख गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !