७ बैशाख २०८१, शुक्रबार

ठूलो परिमाणको लागुऔषध नष्ट


Nepalpatra

८ जेठ, कलैया । इलाका प्रहरी कार्यालय सिमराले ठूलो परिमाणमा नियन्त्रणमा लिएको अवैध लागुऔषध आज नष्ट गरेको छ ।
प्रहरी निरीक्षक भुवन भट्ट नेतृत्वको टोलीले विभिन्न मितिमा लागुपदार्थ बरामद गरेको थियो ।

कलैया उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि तथा पत्रकारको संयुक्त रोहवरमा चरेश ७६ किलो, गाँजा सात किलोग्राम आदि नष्ट गरिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको एक हजार २३५ लिटर घरेलु मदिरासमेत नष्ट गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !