७ बैशाख २०८१, शुक्रबार

बुद्ध शिक्षाका विषयमा निबन्ध प्रतियोगिता हुँदै


Nepalpatra

८ जेठ, काठमाडौँ । लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौंले संयुक्त रुपमा ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्दैछ ।

निबन्ध विसं २०७५ असार मसान्तभित्र पठाइसक्नुपर्नेछ भने एकहजार पाँच सयदेखि दुई हजार शब्दसम्मको हुनुपर्नेछ ।

निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार दिइने छ ।

निबन्ध नेपाली, नेपालभाषा र अँग्रेजीमा लेख्न सकिने आयोजक संस्था युवा बौद्ध समूहका सचिव रजनी ताम्राकारले जानकारी दिनुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !