७ बैशाख २०८१, शुक्रबार

अटुटनाता लघु चलचित्र प्रथम घोषित


Nepalpatra

७ जेठ , काठमाडौँ। नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाख नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र प्रधुम्न मिश्रको लघु चलचित्र ‘इतिहास निर्माणको यात्रामा’ तेस्रो भए । दोस्रो र तेस्रो हुने चलचित्रलाई क्रमशः रु एक लाख ५० हजार र रु एक लाख नगद पुरस्कार एंव प्रशंसापत्र प्रदान गरियो ।

सोहीअवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक–२०७४’ तथा ‘द शिवपुरी जर्नल–२०१८’ मा प्रकाशित लेख रचनामध्ये सहायकरथी धर्मबहादुर बानियाँ (अप्रा) को लेख प्रथम घोषित भएको थियो । उक्त लेखका लागि बानियाँलाई रु ५० हजार नगद प्रदान गरियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !