८ बैशाख २०८१, शनिबार

पूर्व युवराज पारस शाह पुगे सर्वसाधारणको घरमा


Paras Shah पारस शाह

२२ वैशाख, काठमाडौँ । पूर्व युवराज पारस शाहले शनिवार २२ बैशाख गते बेलुकी लगभग ६ बजेतिर कपन बगलामुखी मन्दिर नजिक सुरेन्द्र प्रसाद सिग्देलको घरमा पुगेका छन् । यसै क्रममा उनले कपन बगलामुखी मन्दिर, कृष्ण मन्दिर पुगेर पुजा समेत गरेका छन् । आफ्ना निकटतम् सहयोगीका साथ त्यहाँ पुगेका पारस कहिलेकाँही मात्रै सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेका छन् । उनका समर्थकहरुले पारस आऊ देश बचाऊको नारा लगाएका थिए ।

पूर्व युवराज पारस शाह आउने भनेपछि त्यहाँ अत्यधिक बाक्लो मात्रामा हजारौ सर्वसाधारणहरु उपस्थित थिए । सो अवसरमा पूर्व युवराज पारस शाहले सर्वसाधारण र प्रा. डा. ऋषिराम पोखरेल लगायत अन्य धेरै बौद्धिक व्यक्तित्वसंग भलाकुसारी गरेका थिए भने सर्वसाधारणले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसै क्रममा उनले कपन गुम्बाको समेत भ्रमण गरेका छन् ।

पूर्व युवराज भएपनि यसरी पारस शाह सर्वसाधारण जनताको घरमा जानुलाई राजावादीहरुले उनको जनतासंग घुलमिल हुने सरल ब्यबहारको रुपमा लिएका छन् भने केहि राजनीतिक विश्लेषकहरुले जनतामा राजतन्त्रप्रतिको आस्था अझपनि कायम रही हालका सत्तारुढ पार्टी र वर्तमान सरकारले जनताको मन जित्न नसकेमा जनतालाई एकदम दह्रो बिकल्पको रुपमा राजतन्त्र अझपनि रहिरहेको हुनसक्ने धारणा राखेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !