११ बैशाख २०८१, मंगलबार

बुढानिलकण्ठ मन्दिरदेखि मुहान पोखरीसम्म जाने सडक नाजुक अवस्थामा


Budhanikkantha

९ वैशाख, काठमाण्डाै । काठमाण्डौ जिल्लाको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठको मन्दिरदेखि मुहान पोखरीसम्म जाने सडक बाटोको अवस्था बिगत पाँच बर्षदेखि अत्यन्तै नाजुक अवस्थामा रहेको छ ।

अति नै सुन्दर स्थान बुढानिलकण्ठ नगरपालिका ३ मा अवस्थित शिवपुरी राष्ट्रिय निकुन्जको काखमा रहेको उक्त स्थानमा कम्तिमा पनि आजभन्दा करिव २५ बर्ष पहिले नै चिल्लो कालोपत्रे बाटोको बिकास भैसकेको थियो । त्यति बेला नै त्यस स्थानलाई काठमाण्डौको उत्कृष्ट र रमणिय स्थान मानी पैसावाल मानिसहरुले आफ्नाे वासस्थान बनाएका थिए र अहिले त झन उक्त स्थान स्तरीय बस्तिले ढाकी सकेको छ ।
road

महाराजगन्जदेखि बुढानिलकण्ठ भगवानको मन्दिरसम्म पुग्ने बाटो अहिले फराकिलो र कालोपत्रे छ भने ठिक मन्दिरदेखि करीव १०० मिटर उत्तरदेखि मुहान पोखरीको यात्रा गर्दा जोसुकैले पनि उक्त बाटोमा कल्पना नै गर्न नसक्ने पानी सुकेको ढुङे खोलामा हिडेको अनुभव गर्दछ्न। उक्त बाटोमा ठुला ठुला ढुंगाहरु र जताततै उवड्खावड रहेको छ। मोटरसाइकल बडो मुस्किलले चलाउन सकिन्छ भने चार पाङ्ग्रे सवारी साधन चलाउन धेरै मुस्किल रहेको र धेरै पटक गाडी बिच बाटोमै बिग्रने र फस्ने गरेको त्यहाको एक स्थानीयले बताए। दैनिक आवतजावत गर्न र बालबच्चाहरुलाई बिद्यालय आउन जान पनि निकै कठिनाइ हुने गरेको दुखेसो धेरैले पोखे।
delapidated roadशिवपुरको फेदमै रहेको गुम्वा घुम्न जान र बाघद्वार हाइकिङ जाने सुरुवात बिन्दु मुहानपोखरी पुग्नको लागि त्यही दयनिय अवस्थामा रहेको बाटो प्रयोग गर्नु पर्ने हुन्छ। यसले आन्तरिक र बाह्य पर्यटकहरूलाई नराम्रो छाप छोडेको छ। तर आजसम्म बाटो मर्मत गर्ने केही सुरसार देखिदैन।
२५ बर्ष अघिकै कालोपत्रे र चिल्लो बाटो यस्तो अवस्थामा रहेको ५ बर्ष भैसक्दा पनि किन बनाउने सुरसार नभएको भनी नेपालपत्र टिमले प्रश्न गर्दा त्यहाँका स्थानीय वासिन्दाहरुले सडक बिभागलाई उधृत गर्दै उक्त बिभागनै कानमा तेल हाली बसेको गुनासो पोखेका छन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !