१२ बैशाख २०८१, बुधबार

नेपाल इन्स्योरेन्सको बोनसपछि मूल्य समायोजन


NIC

९ वैशाख, काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को ४.५२ प्रतिशत बोनसपछि आइतबार नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन भएको छ । बैशाख २१ गते डाकेको साधारण सभाका लागि कम्पनीले शुक्रबार सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार गत विहीबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।

नेप्सेले कम्पनीको बोनसपछि प्रतिकित्ता सेयरमूलय ७१३ रुपैयाँ निर्धारण गरेको छ । यहि मूलयलाई आधार मानेर इन्स्योरेन्सको आइतबार कारोबार सुचारु हुनेछ ।

कम्पनीको १८० दिनमा सेयर कारोबार भएको मूल्यका आधारमा औसत आधारमूल्य ७०३ रुपैयाँ ५७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

यसअघि बैशाख ५ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्न मूल्य समायोजन भएको कम्पनीको आइतबार बोनसपछि फेरी मूल्य समायोजन भएको हो ।

कम्पनीले बैशाख २१ गते डाकेको ६९ औं बार्षिक साधारण सभा मार्फत थप ६५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । सो हकप्रदका लागि भने कम्पनीले फेरी बुकक्लोज गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !