८ बैशाख २०८१, शनिबार

फोर्डको नयाँ गाडी आउँदै


Ford Freestyle

८ वैशाख, काठमाण्डौ । यही मे १–३ गते ललितपुरको लबिम मलमा फोर्डको नयाँ गाडी फोर्ड फ्री स्टाइलको प्रदर्शन हुने भएको छ ।

एसयूभी जस्तो डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण यस फोर्ड फ्रीस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुनेछ ।

फोर्डले ल्याएको यो नयाँ केयूभीले नेपालमा ह्याचब्याकभन्दा हल्का ठूलो गाडी चलाउने ग्राहकहरुमा बढ्दो माग  पूर्ति गर्ने आश फोर्डले राखेकोछ ।

‘डू एभ्रीथिंग एण्ड रिग्रेट नोथिंग’ नारा राखिएको फोर्ड फ्रीस्टाइल नयाँ डिजाइन र उच्च कार्यक्षमतायुक्त छ ।

कूल, क्यापेबल र कनेक्टेड फ्रीस्टाइलले सबै क्षेत्रमा रहेका ग्राहकलाई आकर्षित गर्दै आफ्नो बजारको भाग बढाउने अपेक्षा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !