७ बैशाख २०८१, शुक्रबार

एभरेष्ट बैंकको नाफा १८ प्रतिशतले बढ्यो


EBL

७ वैशाख, काठमाण्डौ । राष्ट्रबैंकले तोकको चुक्ता पूँजी दोस्रो त्रैमासिक अवधिमा नै पु¥याएको एभरेष्ट बैंकको नाफा १८ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब ८० करोड ३४ लाख ८१ हजार रुपैयाँ पुगको छ । यो गत वर्षको यही अविधको भन्दा १८ प्रतिशतले बढी हो ।

गत वर्ष बैंकले १ अर्ब ५२ करोड ५८ लाख ८२ हजार खुद नाफा आर्जन गर्न सकेको हो । गत वर्ष बैंकको चुक्ता पूँजी ४ अर्ब ६० करोड मात्र रहँदा गरेको सो आम्दानीका तुलनामा यस वर्षको आम्दानी अपेक्षाकृत कम नै हो । यस वर्ष बैंकको चुक्ता पूँजी ८ अर्ब पुगिसकेको छ ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीका साथै सञ्चालन मुनाफा पनि बढेको प्रतिवेदन सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब २५ करोड ९ लाख ४१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा करीव ५७ करोड ५९ लाख ७९ हजार रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले २ अर्ब ६७ करोड ४९ लाख ६२ हजार रुपैयाँ व्याज आम्दानी गरेको थियो ।

यसैगरी बैंकको सञ्चालन मुनाफा समेत वृद्धि भएको छ । समीक्षा अवधिम बैंकले २ अर्ब ७९ करोड ८२ लाख ९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत वर्ष आर्जन गरेको मुनाफा २ अर्ब ७ करोड ५२ लाख ४७ हजार रुपैयाँ भन्दा १८ दशमलव ८ प्रतिशतले बढी हो ।

पहिलो र दोस्रो त्रैमासभन्दा प्रतिशेयर आम्दानी वृद्धि गर्दै लगेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव ९३ रुपैयाँ रहेको छ । यसैगरी मूल्य आम्दानी अनुपात २६ दशमलव ६० प्रतिशत रहेको छ ।

आगामी दिनमा नाफा अझ विस्तार गर्न उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्दै जाने रणनीति बैंकले बनाएको छ । कम्पनीले कर्मचारी र अन्य व्यवस्थापनमा समेत राम्रै खर्च गर्दै आएको वित्तीय विवरणले देखाएको छ । राष्ट्र बैंकले तोकेको समयसीमामा नै पूँजी वृद्धि गरेको बैंकको नाफा अपेक्षाकृत कम नै हो । बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव ९६ रुपैया रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !