४ बैशाख २०८१, मंगलबार

आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै


७ वैशाख, काठमाण्डौ । बिहीबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई शुक्रबार पनि औषधि खुवाइँदैछ ।  बालबालिकालाई पायक पर्ने ठाउँमा गएर भिटामिन ए र जुकाको औषधि खुवाउन बाल स्वास्थ्य महाशाखाले सबैलाई आग्रह गरेको छ ।

एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउनु पर्छ ।  महाशाखाका अनुसार झण्डै ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको छ ।

सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो । सरकारले वैशाख ६ र ७ तथा कत्तिक २ र ३ गते गरी वर्षको दुई पटक देशभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !