१२ बैशाख २०८१, बुधबार

गण्डकी विकास बैंकको नयाँ शाखा विस्तार


Gandaki Bikas Bank

६ वैशाख, काठमाण्डौ । गण्डकी विकास बैंक (GDBL) ले एकैदिन देशका विभिन्न स्थानमा आठ शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार सुरु गरेको छ । विस्तारित शाखा कार्यालयहरुबाट बैंकले शाखा कार्यलयबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह साथै सम्पूण बैंकिङ्ग बारोबार गर्ने जनाएको छ ।

बुधबार बैंकले मकवानपुर हेटौडा, चितवन पर्सा, पोखरा रत्नचोक, पाल्पा तानसेन, नेपालगञ्ज, कैलाली धनगढी, दाङ घोराही र काठमाण्डौंको नयाँ बानेश्वरमा शाखा कार्यलयको बिस्तार गरेको हो ।

यो सँगै बैंकका शाखा कार्यालय ५९ पुगेका छन भने १८ शाखा कार्यालय निमार्णधिन अवस्थामा रहेको बैंकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !