१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतवाट


केपी शर्मा ओली

८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओली यही चैत अन्तिम साता नयाँ दिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुईपक्षीय कुराकानी भैराखेको छ, चैतको अन्तिम साता भ्रणमको कुरा भैरहेको छ, मिति टुङ्गो लागेको छैन ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई बधाई दिँदै भ्रमणको निम्तो दिएका थिए ।

ओली प्रधानमन्त्री चयन हुनुअघि उनकै निमन्त्रणामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन् ।

यसअघि संविधान जारी भए लगत्तै ओली प्रधानमन्त्रीको हैसियतमा सन् २०१६ को फ्रेबुअरी १८ देखि २६ सम्म भारत भ्रमणमा गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !