७ बैशाख २०८१, शुक्रबार

डिम्याट गर्न सेयरधनीलाई एनआइसी एसियाको आग्रह


Nic-Asia Bank

७ चैत, काठमाण्डौ । एनआइसी एसिया बैंकले सेयरधनीहरुलाई आफ्नो नाममा रहेको सेयर डिम्याट गर्न आग्रह गरेको छ । बैंकले भविष्यमा वितरण गरिने बोनसलगायत अन्य सेयरहरु डिम्याट खातामा जम्मा गर्नुपर्ने हुँदा त्यसको सहजताका लागि सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

त्यस्तै, बैंकले हालसम्म पनि आफ्नो सेयर डिम्याट नगरेका सेयरधनीहरुलाई सम्पूर्ण भौतिक सेयर प्रमाणपत्रहरु खाता खोलेको सम्बन्धित निक्षेप सदस्य मार्फत डिम्याट गर्न अनुरोध गरेको छ ।

बैंकले विभिन्न आर्थिक वर्षमा वितरण गरेको बोनस तथा हकप्रद सेयरको प्रमाणपत्र सम्बन्धित सेयरधनीले हालसम्म पनि संकलन नगरेकाले यथासिघ्र सेयर प्रमाणपत्रहरु संकलन गर्नु पनि आग्रह गरेको छ ।

यता, हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीले एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं तथा एनआइसी एसीया बैंकको कुनै पनि शाखा कार्यालयमा गएर डिम्याट खाता खोल्न बैंकले भनेको छ ।

खाता खोलेपछि आफ्नो नाममा रहेको सम्पूर्ण सेयर प्रमाणपत्रहरु एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा गई गर्न पनि सूचनामा उल्लेख गरिएको छ । डिम्याट खाता खोल्दा लाग्ने शूल्क तथा पहिलो आर्थिक वर्षको वार्षिक खाता सञ्चालन शुल्कमा समेत छुट रहेको बैंकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !