१३ बैशाख २०८१, बिहिबार

धरानमा नाटक ‘इङघङ’ (सन्देश) पुनः मञ्चन हुँदै


२२ फागुन, धरान । दर्शककाे अपार मायाले गर्दा धरानमा नाटक ‘इङघङ’ (सन्देश) पुनः मञ्चन हुने भएकाे छ । रंगभुमिका अध्यक्ष एवं लेखक, निर्देशक विष्णु मोक्तानले अाज प्रेस विज्ञप्ति जारी गर्दै साे जानकारी गरेका हुन् ।

दर्शकबाट पाएको प्रतिक्रिया र मागले रंगकर्मीहरुले फेरि फागुन २७ गतेदेखि चैत्र ११ गतेसम्म पुनः मञ्चन गर्दैछन् ।

पुर्वी पहाडको लिम्बूवान गाउँको सँस्कार, सँस्कृतिलाई जीवन्तरुपमा प्रस्तुत गरेको नाटक ईङघङले जातीय छुवाछुत, अन्धविश्वास र रुढीवादी समाजविरुद्ध पनि आवाज उठाएको यस नाटकले पहिलाे पटककाे मञ्चनमा धेरै दर्शककाे मन जितेकाे थियाे ।

दर्शकको मनग्गे साथले निर्देशक विष्णु मोक्तान तामाङ मुग्ध बने । ‘दर्शकको यति राम्रो साथपाउँछ भन्ने सोचेकै थिएनौं,’ तामाङले अाज पत्रकार सम्मेलन गर्दै मञ्चन सकिएको नाटकको अनुभव सुनाए, ‘पूर्वमा रंगमञ्चको राम्रो सम्भावना छ भन्ने यसले पनि पुष्टि गर्छ ।’

निर्देशक तामाङले भने,`त्यतिले मात्र भएन दर्शककाे माग यसरी बढ्याे कि याे नाटक पुनः मञ्चन गर्नुपर्ने नै भयाे ।´
Sandesh natak

पुनः नाटक मञ्चनकाे मुख्य उदेश्य नाटक घर निर्माण गरी कला र संस्कृतिकाे बिकास गर्नु रहेकाे निर्देशक तामाङले बताएका छन् ।

माघ ९ गते देखि १६ गतेसम्म नाटक ईङघङ पहिलो पटक मञ्चन भइसकेकाे छ । नाटकमा निर्देशक स्वयंसहित नाटकमा दीपेन्द्रसिंह दर्नाल, प्रेसिका निरौला, हरि इवाहाङ लिम्बू, तुलसा थापा, शंकर थापा, कुमारी राई, गेभी लिम्बू, मिलन राई, निश्चल कुलुङ, उदित इवाहाङ लिम्बूले अभिनय गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !