११ बैशाख २०८१, मंगलबार

नेपालमा पनि विश्व क्यान्सर दिवस मनाइँदै


क्यान्सर

२१ माघ, काठमाण्डौ । नेपालमा पनि विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा काठमाडौंमा बृहत् र्याकली निकालिएको छ । क्यान्सरमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ निकालिएको र्याललीमा क्यान्सर रोगसँग सम्बन्धित संघ, संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाललाई क्यान्सरमुक्त बनाउन जनचेतनामूलक र्यासली निकालिएको क्यान्सर सोसाइटी नेपालका कार्यक्रम संयोजक नारायणबहादुर कार्कीले जानकारी दिए । क्यान्सर रोगीको संख्या बढ्दै गइरहेका वेला यसको रोकथामको उपायको खोजी गर्दै नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी बर्सेनि विश्व क्यान्सर दिवस मनाउने गरिएको छ । हामीले थाहा खबरवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !