१२ बैशाख २०८१, बुधबार

प्रदेश १ को सरकार सञ्चालनका लागि ८ कार्यालय छनोट


biratnagar बिराटनगर

८ माघ, विराटनगर । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा मुख्यमन्त्री र अन्य मन्त्रालयका लागि ८ वटा कार्यालय छनोट गरिएको छ । प्रदेश संसद र प्रदेश सरकार सञ्चालनका लागि भवन छनोट गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए ।

कार्यालयहरु मर्मत सम्भारका लागि केन्द्रवाट ५ करोड रुपैयाासमेत निकासा भएको छ । क्षेत्रीय पशु निर्देशनालयमा प्रदेश प्रमुखको कार्यालय र निवास राखिएको छ । प्रदेश मुख्यमन्त्रीको कार्यालय र निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन छनोट गरिएको छ । प्रदेशसभा बैठक जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन हुनेछ ।

क्षेत्रीय सिञ्चाई निर्देशनालयलाई मुख्यसचिवको कार्यालय र निवासका रुपमा छनोट गरिएको छ । विषयगत मन्त्रालयका लागि उद्योग विकास शाखा मोरङ, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय -प्रयोगशालाबाहेक), जिल्ला जनस्वास्थ्य कार्यालय छनोट गरिएको छ । उचित विकल्प भएमा यी कार्यालय परिवर्तन हुन सक्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !