७ बैशाख २०८१, शुक्रबार

भारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न अनेरास्ववियूको माग


bharat

७ माघ, काठमाण्डौ । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेर बनाइरहेको सीमास्तम्भ तत्काल रोक्न माग गरेका छन् ।

अनेरास्ववियूका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले आइतबार संयुक्त विज्ञप्ति जारी गरी भारतीय पक्षले नेपाली भूमि मिची सीमास्तम्भ गाडेको भन्दै नेपाल पक्षको भूमिको भोगचलनलाई लत्याएर बनाइएको सीमास्तम्भ र गुमराहमा राखिएको सीमानक्सा अविलम्ब पुनरावलोकन गर्न माग गरेका छन् ।

विज्ञप्तिमा कूटनीतिक तवरबाट सीमा समस्याको स्थायी समाधान गर्न पनि सरकारसँग आग्रह गरिएको छ । विज्ञप्तिमा छपकैयामा भारतीय पक्षले मुख्य स्तम्भबाट ३९१ देखि ३९३ सम्म १३८ फिटको दरले तीन किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !