११ बैशाख २०८१, मंगलबार

नाम छ, तर मतदाता परिचयपत्र छैन : मतदान गर्ने यी हुन विकल्प


९ मंसिर, काठमाडौं । यहिँ मंसिर १० र २१ गते हुन् गइरहेको एतिहासिक प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका लागि मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने मत दिने अरु विकल्प पनि हुन् सक्छन् । नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनुपर्दैन। निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र हालैको स्थानीय तह निर्वाचनमा पनि यी विकल्प मतदातालाई दिएको थियो।

सरकारी निकायबाट जारी गरिएको फोटो सहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको थियो। मतदाता परिचयपत्र सबैको हातमा पुर्‍याउन र प्राविधिक कारणले मतदाताले बुझ्न नसकेको अवस्थामा यो विकल्प आयोगले दिएको हो।

आयोगले नेपाल सरकारका निकायबाट जारी भएका प्रमाणपत्र, नागरिकता, सवारी चालक अनुमति पत्र, २०७० सालमा आयोगले जारी गरेको मतदाता परिचयपत्र, राहदानी, जग्गा धनी प्रमाणपत्र तथा अन्य सरकारी निकायबाट जारी भएका फोटो सहितका परिचयपत्र हुनेले मतदान गर्न पाउने व्यवस्था स्थानीय निर्वाचनमा गरेको थियो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यस सम्बन्धी निर्णय भइसकेको भने छैन। तर, परिचयपत्रमा हुने सम्भावित त्रृटिलाई समेत विचार आयोगले निर्णय लिने समय बाँकी नै छ। परिचयपत्रमा सानोतिनो भूलचुक भएमा नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था यसअघि आयोगले मिलाएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !