६ बैशाख २०८१, बिहिबार

चुनावी प्रचारका क्रममा राजेन्द्र पाण्डे लडेर घाइते


राजेन्द्र पाण्डे लडेर घाइते

३० कात्तिक, काठमाडौं । धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे बुधबार लडेर घाइते भएका हुन् ।

पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा पाण्डे लडेर घाइते भएको जानकारी दिए । उनको टाउको र गालामा चोट लागेको छ । नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई बुधबारै मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।

स्रोत : अनलाईन खवर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !