४ बैशाख २०८१, मंगलबार

ललितपुरमा उत्रियो राजावादीको जनसागर


राजावादी

ललितपुर, कार्तिक २४, २०७३ । पुर्वराजा ज्ञानेन्द्र शाहले भाईटिकाको अवसरमा दिएको अभिब्यक्तिको स्वागत गर्दै आज ललितपुरको पाटन कृष्ण मन्दिरमा दिप प्रज्वलित कार्यक्रम गरिएको छ । दुबो मखमली फुलको र गोदावरी फुलको मालाको महत्व नबुझ्ने ? तर कागज फुलको सुभाष खोज्ने त्यस्तो परिस्थितीमा हिड्दैछ देशको राजनीति भन्ने अभिब्यक्तिको स्वागतमा दिप प्रज्वलित गरिएको हो ।

उक्त कार्यक्रममा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बिराज विष्ट, राष्ट्रिय सरोकार मञ्चका अध्यक्ष सोम विक्रम सिंह लगायत राष्ट्रवादी नेता तथा हजारौ समर्थकहरुको उपस्थिति रहेको थियो | साथै सो कार्यक्रममा बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले छोटो मन्तव्य राख्नुभएको कुरा राष्ट्रवादी युवा नेता सागर न्यौपानेले बताउनुभयो । सो कार्यक्रमको आयोजना ललितपुर महानगरपालिका राष्ट्रवादी समुहले गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !