८ बैशाख २०८१, शनिबार

विराटनगर भन्सारमा राजस्व संकलन प्रभावित, लक्ष्य अनुरुप संकलन नहुने संकेत


भदौ २२, बिराटनगर । जोगवनीस्थित मिरगन्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर नाका भएर हुने आयात निर्यात प्रभावित भएको छ । योसँगै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनसमेत प्रभावित भएको छ । पुल क्षतिग्रस्त भएको तीन सातासम्म पनि मर्मत नहुँदा ५७ करोड रुपैयाँ राजस्व गुमेको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।

भदौमा २ अर्व ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ८३ करोड ६७ लाख रुपैयाँ मात्र संकलन भएको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण वस्नेतले जानकारी दिए । भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ३१ अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमा गत साउनमा १ अर्व ७० करोड रुपैयाँ मात्र राजश्व असुली भएको थियो ।

जबकी साउनमा २ अर्ब १८ करोड राजस्व असुली गर्ने लक्ष्य थियो । तीन साताअघिको बाढीले मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएको थियो । पुलमा क्षति पुगेपछि ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मालवाहक गाडीलाई प्रवेश निषेध गरिएपछि विराटनगर नाकाबाट हुने आयात निर्यातको सम्पूर्ण काम अहिले ठप्प जस्तै हुन पुगेको छ ।

राजश्व असुली नै प्रभावित भएपछि नेपाली व्यवसायी र स्थानीय प्रशासनले पटक पटक सो पुल मर्मत गरीदिन भारतको बिहार सरकारलाई आग्रह गरेपछि दुई दिन अघिबाट मात्रै पुल मर्मतको काम अघि बढाइएको छ । पुल सञ्चालनमा आउन दुई साता लाग्ने बताइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !