८ बैशाख २०८१, शनिबार

प्रतियोगिता भएको हो र ? कहिले भयो हँ ? सन्दर्भ कोकाकोला क्षेत्रिय फुटबल प्रतियोगिता


भाद्र २१,पोखरा | पोखरामा तिन दिन सम्म कोकाकोला क्षेत्रिय फुटवल प्रतियोगिता चल्यो । पश्चिमाञ्चलका ७ जिल्लाका १५ टिमको सहभागिता रह्यो । तर चरो मुसो प्रतियोगिता बारे कसैले थाहा पाएन । कहिले आयोजना भयो अनि सम्पन्न भयो । प्रतियोगिता झारा टार्ने काम बाहेक अरु केही रहेन । पश्चिमाञ्चल एन्फाका कास्कीका सचिव विक्रम थकालीलाई नै प्रतियोगिता भए नभएको वारे जानकारी थिएन ।

तल्लो तह बाट नै खेलाडी तयार गरि अन्तराष्ट्रिय एरिनामा पदक ल्याउन थालिएको फुटवल खेलको यो प्रयासको खासै कुनै अर्थ देखिन छोडेको खेल प्रेमीहरुहरुले वताएका छन । पश्चिमाञ्चलका ७ जिल्लाका विभिन्न विद्यालयहरुले प्रतियोगितामा सहभागी भए । छात्र तर्फ ११ र छात्रा तर्फ ४ टिम । एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङ्गका अनुसार ३ लाख ६० हजार समेत प्रतियोगिताका लागि खर्च भयो । यो रकम एन्फाले पठाएको थियो ।

पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगिता वारे वुझ्न खोज्दा एन्फा पश्चिमाञ्चलका क्षेत्रिय सचिव विक्रम थकालीले आश्चर्य प्रकट गरे । प्रतियोगिता भएको हो र ? कहिले भयो हँ ? उनको प्रतिप्रश्न थियो । अध्यक्षज्यूलाई सोध्नुस न उहाँलाई थाहा होला । सहारा क्लवका पूर्व अध्यक्ष थकाली खेलकुदमा सक्रिय व्यक्तित्व मानिन्छन । एन्फालाई संस्थागत रुपमा वलियो वनाउन गठन क्षेत्रिय समिती एक वर्ष देखि केही काम नपाएर लाचार नै छ भने पश्चिमाञ्चललाई हाँक्ने कास्की एन्फा नामका लागि सिमित भएको छ । न त साधारणसभा हुन्छ । न त नियमित वैठक नै । कुनै वेला फुटबल खेलाडी उत्पादन गर्ने थलोको रुपमा परिचित कास्की लामो समय देखि प्रतियोगिताहरु नहुँदा खेलाडी हरुको खडेरी नै परेको छ ।

इलेभेन ए साइडका फुटवल प्रतियोगिताको स्थान यति वेला पोखरामा सेभेन ए साइडले लिने गरेको छ भने अधिंकाश खेलाडीको समय यहि खेलमा व्यतित हुन थालेको छ । सेभेन ए साइड प्रतियोगिताहरु केही आधिकारीक भए पनि फेशनको रुपमा अघि वढेका छन । आयोजकले पैसा कमाउने उपयुक्त माध्यम समेत वन्न गएको छ । एन्फाको कमजोर नितीले फुटवलमा देखिएको यस्ता कमजोरी सुधार गर्न लामो समय लाग्ने विश्लेषकहरु वतउँदै आएका छन ।

भदौ १८ गते देखि सुरु भएको प्रतियोगिता एक दिन ढिला गरि भदौ २१ गते सम्पन्न भयो । छात्र तर्फको खेलमा कास्की वाट सहभागी शान्ती निकुञ्जले वढी उमेरका खेलाडी खेलाए पछि रुपन्देहीले प्रोटेष्ट हाल्यो । भदौ २० मा फाइनल खेल्न फाइनल ठिक्क परेको कास्कीले दुइ जना वढी उमेरका खेलाडी खेलाएको वारे प्रमाण जुटाउन सकेन र स्वत वहिरिनु पर्यो । फाइनल खेलमा रुपन्देहीका दुई विद्यालयहरुले खेले । जसमा स्कलर्श होमले विद्या मावी लाई २–० ले पराजित गर्यो ।

यता छाात्रा तर्फको खेलमा स्याङ्गजाको भुम्रे मावी विजयी भयो । उसले नवलपरासीको शम्सेर राष्ट्रिय मावीलाई हराएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !