राष्ट्रिय समाचार

  • खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५

    असोज ५, काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि बिहीबारदेखि खसी र च्याङ्ग्राहरुको बिक्री सुरु गरेको छ । संस्थानले मुस्ताङबाट काठमाडौंमा ५०० च्याङ्ग्रा र दाङको तुलसीपुरबाट २०० खसी भित्र्याएको हो । संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रा एवं तुलसीपुर र हेटौंडाबाट १५ सय खसी ल्याउने जनाएको थियो । बाँकी १३ सय खसी र ५०० च्याङ्ग्रा पनि […]

  • स्थानीय तह निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढ्यो : दाहाल

    असोज ५, कपिलवस्तु,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढेको बताएका छन् । उनले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने बताए । माओवादी केन्द्रको जिल्ला सम्मेलन आयोजक समिति कपिलवस्तुद्वारा बिहीबार कृष्णनगरमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब मुलुकलाई आर्थिक […]

  • सहकारीमार्फत विदेशिने युवालाई रोजगारी दिनुपर्ने

    असोज ५, काठमाडौँ | सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले ३४ हजारभन्दा बढी सहकारीमा आबद्ध ६२ लाख नेपाली जनताको रकम संरक्षण गर्न सरकारले सहकारी ऐन ल्याएको बताउनुभएको छ । उपकार बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमिको आज भएको २३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले सहकारीमा जम्मा भएको खर्बौ रकम रोजगारीमूलक क्षेत्रमा […]

  • विश्व गैँडा दिवस, बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

    असोज ५, काठमाडौँ | प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरुको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो […]

  • आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै ह्यातुङ झरना

    असोज ५, तेह्रथुम | तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक […]

  • पोखरामा सिटी रेबान फुड फेस्टिबल जारी, देवीघर्ती सँगै नाचे दर्शक

    असोज ५, पोखरा | नयाँबजारको प्रदर्शनी केन्द्रमा सोमबारदेखि जारी छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलमा बुधबार ७लाख बढीको कारोवार भएको छ । करिब ८ हजार दर्शकले मेलाको अवलोकन गरेको कार्यवाहक अध्यक्ष दीपक तीमिल्सेनाले जानकारी दिए । ‘हरेक दिन अवलोकनकर्ताहरुको संख्या बढ्दो छ । दसैंको अवसरमा हूने सार्वजनीक बिदा पछि यो संख्या अझै बढ्नेमा […]

  • टेलिकमले दशैको अवसरमा दियो छुटैछुट, निःशुल्क फोरजी सिम

    असोज ५, काठमाडौँ | नेपाल टेलिकमले दशैको उपलक्ष्यामा करिब दर्जन अफर प्याकेजहरु घोषणा गरेको छ । जसमा निःशुल्क फोरजी सिम परिवर्तन,  १ सय रुपैयाँमा १ जीबी टाटा भोल्युम, ६० रुपैयाँमा ५ सय ‘एमबी’ डाटा भोल्युम लगायतका प्याकेज तथा अफरहरु सार्वजनिक गरेको  छ । अफर तथा प्याकेजहरु यस्ता छन् हेर्नोहोस् रिचार्जमा बोनस : जिएसएम तथा सिडिएमए […]

  • यस पटकको दशैँ पनि भूकम्पपिडित टहरामा नै बिताउन बाध्य

    असोज ५, काठमाडौँ | बाढीपीडितको दसैँ पनि छाप्रोमै दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मुलुकभर ६ लाख ३७ हजार पाँच सय १८ भूकम्पपीडितसँग अनुदान सम्झौता भएको थियो । […]

  • प्रदेश नम्बर २ मा स्थानीय तहको मतपरिणामः कहाँ को-को भए विजयी ?

    असोज ५, काठमाडौँ । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमाले २ स्थानीय तहमा विजयी भएको छ । त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी एक÷एक स्थानीय […]

  • आजदेखि बडा दशैं सुरु, घरघरमा जमरा राखिंदै

    असोज ५, काठमाडौँ । यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदैछ । आश्विन […]

  • सउल ओलम्पिक पार्क तताउँदै नेपथ्य  ब्याण्ड

    असोज ४, काठमाडौँ |  लोकप्रिय लोक–रक ब्याण्ड नेपथ्यको आगामी सांगीतिक कार्यक्रम दक्षिण कोरियाली राजधानी सउलमा हुने भएको छ। त्यहाँस्थित ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा नेपथ्यले असोज १८ गते आफूलाई प्रस्तुत गर्ने जनाएको छ। यसअघि पनि चार पटक कोरियाली राजधानीमा आफ्नो उपस्थिति जनाइसकेको ब्याण्डले आगामी असोज १८ गते (अक्टोबर ४ तारिख) फेरि एक पटक आफूलाई त्यसै […]

  • निर्वाचनमा सहभागी हुनुलाई संविधान स्वीकारेको अर्थमा बुझ्न हुँदैन : महन्थ ठाकुर

    असोज ४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा सहभागी हुनुलाई संविधान स्वीकार गरेको अर्थमा बुझ्न नहुने बताएका छन् । नेपाल कानुन समाजले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा उनले अहिलेको संविधान विभेदकारी भएकाले यसलाई कुनै हालतमा स्वीकार्न नसकिने टिप्पणी गरे । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन […]

  • ओलीले भने–‘दुर्गाभवानीले अदालतको स्वाधिनताको रक्षा गरुन्’ !

    असोज ४, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘सेटिङ’ चल्न थालेको भन्दै सच्चिन आग्रह गरेका छन् । बुधबार नवपरासीको गैंडाकोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको आरोप लगाए । उनले भने–‘कठैबरी नेपालको अदालत ! मेरो शुभकामना छ, अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस् । […]

  • महाकाली नदी नियन्त्रणका लागि चालीस करोड खर्च गरिने

    असोज ४, काठमाडौँ |  महाकाली नदी किनारमा तटबन्धअन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको […]

  • कास्कीमा मात्रै ३१ हजार ५९० मतदाता थपिए : क्षेत्रीय निर्वाचन कार्यालय पोखरा

    असोज ४, काठमाडौँ | कास्कीमा ३१ हजार ५९० नयाँ मतदाता थपिएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गएको साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा ती नयाँ मतदाता थपिएका हुन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी मतदाता नामवली संकलन गरिएकोमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका थिए । […]