१३ बैशाख २०८१, बिहिबार

को को थपिए नेपाली काँग्रेसबाट १२ राज्यमन्त्रीहरु ?


को को थपिए नेपाली काँग्रेसबाट १२ राज्यमन्त्रीहरु ?

काठमाडौं, आइतबार, ६ भदौ २०७४ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँको मन्त्रिमण्डलमा नेपाली काँग्रेसका तर्फबाट १२ र नेपाल लोकतान्त्रिक फोरमका ३ राज्यमन्त्रीसहित १५ राज्यमन्त्री थपिएका छन । आज थपिएका राज्यमन्त्रीसहित देउवा मन्त्रिपरिषद ५० सदस्यीय भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादा लगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभयो । नवनियुक्त राज्यमन्त्रीहरुलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई सहयोग गर्न र सबै मिलेर काम गर्ने वातावरणमा लाग्न निर्देशन दिनुभयो ।
नेपाली काँग्रेसबाट राज्यमन्त्री बन्नेहरुको नाम र मन्त्रालय यस प्रकार छ :
१. सीता गुरुङ – भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
२. सरिता प्रसाईं – कृषि विकास राज्यमन्त्री
३. शेषनाथ अधिकारी – शिक्षा राज्यमन्त्री
४. नरबहादुर चन्द – वाणिज्य राज्यमन्त्री
५. अब्दुल रज्जाक गद्दी – खानेपानी तथा सरसफाइ राज्यमन्त्री
६. तप्तबहादुर विष्ट – सूचना तथा सञ्चार राज्यमन्त्री
७. अमरसिंह पुन – सिँचाइ राज्यमन्त्री
८. दिलमान पाख्रिन – कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री
९. उदयशम्शेर राणा – अर्थ राज्यमन्त्री
१०. डिल्लीबहादुर चौधरी – श्रम तथा रोजगार राज्यमन्त्री
११. तेजुलाल चौधरी – युवा तथा खेलकुद राज्यमन्त्री
१२. चम्पादेवी खड्का – सहकारी तथा गरिबी निवारण राज्यमन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !